मुलुक टुक्राउन खोज्ने शक्तिहरु पराजितः प्रधानमन्त्री ओली

7.74K
shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वहानामा आन्तरिक द्धन्द्ध मच्चाउन खोज्ने शक्ति परास्त भईसकेकाले मुलुक अब सबल र सुदृढ अवस्थामा रहेको बताएका छन्।

रिपोर्टस क्लबको २१ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न नाममा द्धन्द्ध मच्चाउने र आन्तरिक लडाई गराई मुलुक टुक्राउन खोज्ने शक्तिलाई पराजित गराईएको बताएका हुन्। ती शक्ति पराजित भएपछि अब मुलुक पृथकतावाद नभएको टुक्राउन पर्छ भन्ने माग नभएको सबल र सुदृढ अवस्थामा पुगेको दाबी उनले गरे। उनले भने ‘जात, भूगोल भाषा अनेक नाममा लडाउन खोज्ने प्रयासलाई हामीले पराजित गरेका छौँ।

उनले संविधान कार्यान्वयका लागि आवश्यक कानुन र संरचना निर्माण गरी कार्यान्यनको आधार तयार भईसकेकाले अब सम्पुर्ण शक्ति सम्मुन्नत विकास र सम्मृद्धिमा केन्द्रित गरिने बताए। राष्ट्रनिर्माणको महाअभियानमा सबैको योगदान सकारात्मक हुनु जरुरी रहेको भन्दै उनले अनुचित विरोधले भ्रम र अन्यौल श्रृजना गर्ने तर्फ होसियार हुनुपर्ने आवश्यकता औँल्याए।

पुर्वाधार लगायतको सम्पुर्ण विकास गरी मुलुकलाई सामाजिक न्याय सहितको सुरक्षायुक्त सभ्य नेपाल बनाउने अभियानमा सरकार अघि बढेको उनले स्पष्ट पारे। उनले यस अभियानमा संचारमाध्यमको अत्यन्तै सकारात्मक र महत्वपुर्ण योगदान हुनुपर्ने आवश्यकता औँल्याए। सञ्चारमाध्यम र खासगरी सामाजिक सञ्जालमा रहने वर्गलाई आफ्ने सभ्यताको गौरवलाई नभुल्न र मर्यादित बन्न पनि उनले सचेत गराए।

उनले लोकतन्त्र प्राप्ति र रक्षामा संञ्चारमाध्यमको असाधारण भूमिका, सजगता र क्रियाशिल रहेको तथा लोकतन्त्रलाई सुदृढ गर्ने सवालमा पनि जिम्मेवार बनेको भन्दै सञ्चार क्षेत्रको प्रशंसा गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083