प्रदेश नं. २ मन्त्रिपरिषद निर्णय : मृतकका परिवारलाई ३ लाख दिइने

6.11K
shares

जनकपुर । हावा हुरीबाट बारा, पर्सा लगायतका जिल्लामा आइतबार राति भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं. २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गर्दै मृतकका परिवारलाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ।

साथै घाइतेको सबै खर्च समेत बेहोर्ने भएको छ। सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो। बैठकले घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने निर्णय समेत गरेको छ।

क्याबिनेटको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भने, ‘हामीले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौं। उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ। हालसम्म ३१ जनाको मृत्यु भइसकेको छ भने ५०० बढी घाइते भएका छन्। क्षतिको थप विवरण आउन बाँकी छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083