इरानमा भीषण बाढी : ७० जनाको मृत्यु,लाखौं मानिस विस्थापित

4.33K
shares

तेहरान । इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ। केही हप्ता देखि लगातार परेको पानीका कारण इरानको पूर्वी प्रान्तहरु बाढीका कारण धेरै प्रभावित भएका छन् भने लाखौै मानिसहरु विस्थापित भएको बीबीसीले जनाएको छ। उनीहरुलाई अस्थायी शिविरमा ल्याउने प्रयास भइरहेको छ।

केजेस्टान प्रान्तको सुसानएगर्डमा मात्रै पचास हजार भन्दा धेरै मानिसहरुलाई स्थानातरण गर्ने प्रक्रिया अघि बढाइएको अधिकारीहरुले बताएका छन्। गत हप्ता मात्रै उक्त प्रान्तका ७० गाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो।

अधिकारीहरुका अनुसार बाढीका कारण १९ सय भन्दा बढी शहर र गाउँहरु प्रभावित भएका छन्। हजारौं सडक,पुल र भवनहरुमा क्षति पुगेको छ। इरान सरकारले बाढीबाट विस्थापितहरुलाई राहत उपलब्ध गराउने र उद्धारको कार्यलाई तिव्र बनाउन अधिकारीहरुलाई निर्देशन दिएको छ। तर लगातार परेको पानीका कारण उद्धार र राहतमा कठिनाइ परेको बताइएको छ।


divya collage
unigloble collage