विश्वकपको मुखमा भारतलाई झट्का
वि.सं.२०७५ चैत २७ बुधवार ११:४२
shares

काठमाडौं। विश्वकपको लागि राष्ट्रिय टिम घोषणा गर्नुभन्दा एक हप्ता अगाडि भारतीय टिमको लागि निकै दुखद खबर आएको छ। राष्ट्रिय टिमका उपकप्तान र आइपिएलमा मुम्बइ इण्डियन्सका कप्तान रोहित शर्मा घाइते भएका छन्। रोशित मंगलबार अभ्यास खेलका क्रममा घाइते भएका हुन्। चोट लागेपछि रोहित दाहिने खुट्टा समाउँदै बाहिर निस्किएका देखिए।
अब समय छँदै रोहित स्वस्थ भएनन् भने उनको चोटले विश्वकपमा भारतको समस्या बढाउन सक्छ। मुम्बइको आज हुने खेलको लागि वानखेडे मैदानमा अभ्यासका क्रममा रोहित घाइते भएका हुन्। मांशपेशीमा खिचाव आएका कारण रोहित जमिनमा ढलेका थिए। आज रोहितको टिम मुम्बइ इण्डियन्सको किंग्स ११ पंजाब विरुद्ध खेल छ। रोहित आजको खेलमा पनि नखेल्न सक्छन्। उनको स्वास्थ्य अहिले कस्तो छ भन्ने सार्वजनिक गरिएको छैन यद्यपि उनी फिट नभएमा आजको खेलमा नहुन सक्छन्।














