प्रचण्ड यसरी हुँदैछन् सत्ताधारी नेकपाको एकल अध्यक्ष

6.06K
shares

भुमिराज अधिकारी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिमा जोड घटाउको मुल्यांकन अंकबाट नै गर्छन्। सरकार बनाउँदा उनका लागि बलियो आड बनेको यहि नीति पार्टी राजनीतिमा भने घातक बन्ने स्वभाविक विश्लेषण गर्न सकिन्छ।

नेपाल कम्युनिस्ट पार्टीको तल्लो तहसम्मको एकीकरणमा आलटाल भइ रहेका बेला जिल्ला नेतृत्वको भागबन्डाको संख्या मिलेको विवरणहरू बाहिर आएका छन्। ७७ जिल्लामा पूर्वएमाले र पूर्वमाओवादीबीच ४५ र ३२ जिल्लाको नेतृत्व गर्ने सहमति भएको बताइएको थियो।

यसरी हेर्दा पूर्वएमालेको हैसियत बलियो देखिए पनि त्यहाँ भित्र हुनु पर्ने भागबन्डाको दाबी विरोधका कारण अब, ओली कमजोर हुने छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकल अध्यक्ष बन्ने अंकगणितिय बाटो स्वभाविक ढंगबाट बलियो हुने देखिएको छ।

त्यसो त सचिवालय, स्थायी कमिटीमा पनि समिकरणका हिसाबले बहुमत बनाइ सकेका प्रचण्ड एकल अध्यक्ष हुनु पर्ने प्रस्ताव सचिवालय सदस्य बामदेव गौतमले राखि सकेका थिए। तर यता ओलीसँग मिलेमतो गरेको देखाएका प्रचण्डले यस प्रकरणलाई ढाडमा टेक्ने अवसरका रूपमा प्रयोग गरे भने, जिल्ला नेतृत्वको विषयमा सिधै टाउकोमा हान्ने नीति अख्तियार गरेका छन्। जसले, स्पर्धाबाटै तत्कालिन एमालेमा एकल उदय गरेका ओलीका लागि ठूलो घाटा हुने देखिन्छ।

ओली कसरी नोक्सानमा ?

अब, ४५ जिल्लाको नेतृत्वको जिम्मा पाएको पूर्वएमालेमा भने नेतैपिच्छे भागबन्डा हुने छ। गुटले थलिएको तत्कालिन एमाले भित्र ओलीसँग माधव नेपाल, बामदेव गौतम, झलनाथ खनालले जिल्ला नेतृत्वमा आफ्ना मान्छे राख्नु पर्ने मागदाबी गरेका छन्।

यसरी अनुपातका हिसाबमा भागवन्डा गर्नु पर्ने अवस्था आएको खण्डमा ओलीले अधिकतम राख्दा पनि २० जिल्ला अध्यक्ष पाउने छन्। जुन, आगामी महाधिवेशनको समिकरणका लागि उनी पूरै अल्पमतमा पर्ने पक्कापक्की देखिन्छ।

अर्को विकल्पमा भागवन्डामा परेका ४५ जिल्लाका अध्यक्षहरूलाई नै जिम्मेवारी दिनु पर्ने प्रस्ताव नेपाल लगायतको समूहले गरि सकेको छ। भागमा परेका जिल्लामा ओली पक्षको नेतृत्व अति नै न्यून रहेको छ यसै कारण सहमति हुन सकेको छैन।

७७ जिल्लामा ३२ जिल्लाको सोलिड नेतृत्वको भाग मिलाएका प्रचण्डले बाँकी ४५ जिल्लाका अध्यक्षमा आफू निकट राखेका नेपाल, गौतम, खनाल लगायत अन्य दोस्रो तहका नेतालाई पनि दाबी गर्न लगाएका छन्। जसका कारण जिल्लामा पनि ओली कमजोर हुना साथ आगामी नेतृत्वको सोलिड बहुमत आफ्नै पक्षमा पर्ने प्रचण्डको मनमा लड्डु बनि सकेको छ।

विलाएको पार्टीको, जबरजस्त उदय

राष्ट्रिय एजेन्डा र अन्य हिसाबले तत्कालिन माओवादी केन्द्र जनतामा बिलाइ सकेको थियो। उसको आकार खुम्चि सकेको थियो। आम निर्वाचनमा एकाध ठाउँ बाहेकमा चुनावी अनुमोदन पाउने अवस्था नदेखे पछि प्रचण्डले विलाएको पार्टीको जबरजस्त उदय गराएका हुन्।

कांग्रेससँगको गठजोड सरकारमा रहँदा गरेका निर्णयका कारण ‘क्लिन स्वीप’को अवस्थामा रहेको माओवादीको साख जोगाउनका लागि रातारात ओलीसँग चुनावी गठजोड गर्न सफल भएका प्रचण्डको मनसाय बलियो संगठन र संरचना भएको एमालेको सुप्रिमो भएर उदाउने नै थियो। अन्तत : त्यो रहर पूरा गर्ने ध्येयमा उनले पूर्वएमाले भित्र विभाजनको ब्रम्हास्त्र प्रयोग गरे, जिल्ला नेतृत्वको भागवन्डामा।

एकीकरणका सबै प्रक्रिया पूरा गर्नका लागि प्रचण्ड पक्षमा कुनै समस्या छैन। उनीहरूले पाएका जिल्लामा खल्तीबाट आफ्ना मान्छेको नाम तयार पारि सकेका छन्। तर, समस्याको जडचाहीँ पूर्वएमाले भित्रका ओली, नेपाल, खनाल र गौतमको दाबी विरोध नै देखिने पक्का पक्की छ।

सरकार बनेको एक वर्ष पुगि सक्दा पनि ओलीले जनतालाई खुसी दिन नसक्नुमा प्रधानमन्त्री आफैँ कमजोर हुनु जस्तै हो। उनी माथी नेताहरुले चौतर्फी विरोध गर्न थालेका छन्, जनता देखि नेता सम्मले उनको राजिनामा समेत माग्दै आएका छन्।

प्रधानमन्त्री ओलीको अन्तीम विकल्प भनेको प्रचण्डलाई पार्टीमा एकल अध्यक्ष बनाउनु नै हो, अरु विकल्प नै छैन। आम जनताले ,नेताले र विश्वले चाहेको नेता उनै प्रचण्ड हुन्। अरु कोहि होईनन्। उनले नै हो समृद्ध नेपाल बनाउने , उनकै नेतृत्वमा जनता सुखि हुने छन्।