सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीका लागि बैंक खाता खोल्ने अभियानको सुरुवात

7.37K
shares

काठमाडौं । सरकारले नयाँ राष्ट्रिय अभियानको सुरुवात गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा नयाँ वर्ष २०७६ को पहिलो दिन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीका लागि बैंक खाता खोल्ने अभियानको सुरुवात गरेको हो।

आइतबार राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले १०० वर्षीया जमुना गुरुङ लगायत ५५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाको प्रमाणपत्र हस्तान्तरण गरेर उक्त कार्यक्रमको सुरुवात गरेका थिए।

अर्को राष्ट्रिय अभियान सबै नागरिकलाई बैंक खाता कार्यक्रमको सुरुवात भने प्रधानमन्त्री ओलीका बुबा र प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्यकी आमाको नाममा खाता खोलेर गरिएको छ।

प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्यकी आमालाई बैंक खाता हस्तान्तरण गरिँदै सबै नागरिकलाई बैंक खाताु अभियानको राष्ट्रिय वाणिज्य बैंकमा प्रधानमन्त्री ओलीका बुबा मोहन ओली र प्रधानमन्त्रीकी श्रीमती शाक्यकी आमा धनमाया शाक्यको नाममा जनही १०० रुपैयाँको निशुल्क खाता खोलेर सुरुवात गरिएको हो। यो अभियानको नारा भने, समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाताु रहेको छ।

नयाँ राष्ट्रिय अभियान ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सबै नागरिकलाई बैंक खाता सरकारले सुरु गरेको सबै नागरिकलाई बैंक खाता अभियान अन्तर्गत विभिन्न बैंकमा खाता खोल्न सकिने व्यवस्था गरिएको छ।

जसमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, प्रभु बैंक, प्रिमियर बैंक, बैंक अफ काठमाडौं, सेन्चुरी बैंक, सिटिजन्स बैंक, सिभिल बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, जनता बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक नबिल बैंक, एनसीसी बैंक,, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई, एनआईसी एसिया, एनएमबी, सानिमा बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, र सनराइज बैंक मुलुकभरका शाखामा खाता खोल्न सकिने व्यवस्था गरिएको छ।


divya collage
unigloble collage