लुक्ला दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि, क्याप्टेन रोकायाको अवस्था गम्भिर

4.12K
shares

काठमाडौं । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ। अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो।

काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन्।

उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ, क्याप्टेन रोकायाको अवस्था गम्भीर छ।
दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिएका छन् ।

आइतबार बिहान समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टर सँग ठोक्किएको थियो। ‘हवाईजहाज चिप्लिएर अनियन्त्रित भई हेलीप्याडसम्म पुगेर ठोक्किएको प्रारम्भिक रिपोर्ट आएको छ, प्रजिअ रानाले भने ।


divya collage
unigloble collage