प्रधानमन्त्री ओलीको संरक्षणमा विष्णु पौडैल

7.22K
shares

भुमिराज अधिकारी

काठमाडौ । नेकपा राजनीतिमा नम्र, भद्र, स्वच्छ, कार्य कुशलताले भरिपुर्ण, लोकप्रिय छवी बनाएका विष्णु प्रसाद पौडेल अचानक चैत्र २७ गते एक प्रेस विज्ञप्ती मार्फत झुल्किन बाध्य भए। नेपालको एक दैनिक पत्रीकाले पुर्वमन्त्री एवम नेकपा महासचिव पौडेल ललिता निवासको सरकारी जग्गा नीजि बनाएको प्रकरणमा संग्लग्न भन्दै समाचार पस्के संगै आम मानिसमा पर्न गएको भ्रम मेटाउने कोशीश गरि रहेका छन्।

महासचिव पौडेलले सरकारी जग्गा हिनामिनामा आफू र आफ्नो परिवारका सदस्यको कुनै संलग्नता नरहेको साथै मालपोत कार्यालयमा दर्ता स्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद विक्री गर्न मिल्ने जग्गा खरिद गरेको दाबी पछी उनले सो जग्गा कसरी प्राप्त गरे ? भन्ने प्रमाण मिडियाले जनता सामु ल्याउने अथक प्रयास गरेका छन्।

कार्यकर्ता देखी महासचिव सम्म

पुतली बजार – १२ स्याङ्जामा सन् १९५९ मा जन्मिएका विष्णु प्रसाद पौडेल सन १९७६ देखी नेकपा राजनीतिमा होमिएका थिए। पञ्चायती व्यवस्थाको विरुद्ध आवाज उठाउँदा सन् १९७८ मा पक्राउ पर्दै भैरहवा जेल पुर्याइए। सन् १९९० मा तत्कालिन माले -एमालेको केन्द्रीय सदस्य बन्न सफल पौडेल शुरुवाती समयमा माधव नेपालको भक्तको रुपमा चिनिएका थिए।

सन् २००९ मा बुटवलमा सम्पन्न महाधिवेशनबाट सचिव पदमा निर्वाचित हुँना साथ ओली र नेपालसँग समदुरी कायम गर्दै राजनीतिक छलाङ मार्न सफल भए। आफ्नो स्वार्थको निम्ति सबैसँग मिल्न सक्ने , नबोलेर भित्र भित्रै आफ्ना साथीहरुको पखेटा काट्न माहिर कमरेड विष्णु एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा विजयी भएका थिए।

सन् १९९४ -१९९९ मा पहिलो पटक पाल्पा ३ बाट एमाले सांसदमा विजयी पौडेल पहिलो र दोस्रो संबिधान सभा निर्वाचनमा रुपन्देही ४ बाट विजय प्राप्त गरे। हाल रुपन्देही २ बाट संघीय संसदको प्रतिनिधित्व गर्ने पौडेल चार पटक मन्त्री समेत भइ सकेका छन्। प्रचण्ड धेरै गतिशील र डाइनामिक नेता हुनुहुन्छ। कतिपय मानिसहरु डोरीलाई सर्प ठानेर झुकिन्छन्। प्रचण्डको गतिलाई बुझ्न नसक्नेले गर्ने टिप्पणी यस्तै हो भन्दै पौडेलले एमाले र माओवादी केन्द्र मिलाउन अहम भूमिका खेलेको बहानामा प्रचण्ड र ओलीबाट महासचिव पद ‘बक्सिस’मा प्राप्त गर्न सफल भइ सकेका छन्।

महासचिव विष्णु पौडेलसँग पार्टी भित्र कुन नेतामा के क्षमता छ ? उनीहरुको क्षमतालाई उपयोग गरेर कसरी अगाडि जान सकिन्छ ? भन्ने ज्ञान अध्यक्ष पछि पौडेलमा मात्र छ भन्ने रणनीतिक प्रचारबाजी गराउन सफल पौडेल पार्टीको मुख्य सिद्धान्त के हुने ? पार्टीको संगठनलाई कसरी चुस्त बनाउने ? अरु नेता कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने भन्दा आफ्नो पद र भविष्य सुरक्षित गर्न गरिएको अबैध लेनदेन र उठबस मिडियामा चुहिन थालेसँगै ठूलो तनाबमा परेका छन्।

स्याङ्जा देखी ललिता निवास सम्म

स्याङ्जा पुतली बजार देखी ललिता निवाससम्म आइ पुग्दा पौडेलमा विचित्रको सम्पती मोह देखा परेको छ। वर्गशत्रु सफाया आन्दोलनबाट प्रभावित कमरेड विष्णु भैरहवा जेल ब्रेक गर्दै समाजवाद साम्यवादको खेती गर्दै थिए। बुर्जुवा शिक्षा बहिस्कारको नारा लगाउँदै किताव कापी च्यात्दै जनताको छाप्रोमा पुगेको तत्कालिन प्रतिबन्धित माले पार्टीको संगठनको बलमा पाल्पाली जनताले सभासद बनाउन राजी भए। पाल्पाबाट सांसद भएकै समय बुटवलको ऐलानी जग्गामा घर बनाए।

२०५१ सालमा बनेको मनमोहन सरकारले सुकुम्वासी आयोग बनाउँदा रुपन्देही जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठबाट लालपुर्जा प्राप्त गर्दै ऐलानी जग्गालाई नीजि बनाउन सफल भए। संसदीय राजनीतिमा सफल हुँन जस्तो सुकै उठबस र साबधानीका साथ व्यक्तीगत सम्पती थुपार्ने कर्म ऐलानी जग्गा देखी ललिता निवासको आठ आना सरकारी जग्गा पुत्र नबिन पौडेलको नाममा दर्ता गरेसँगै पौडेलको विगत देखी वर्तमान सम्मको असलियत खुल्न पुगेको छ।

के हो ललिता निवास काण्ड ?

जग्गा प्राप्ति ऐन २०१८ बमोजिम २०२१ मंसिर १५ मा सरकारले निर्णय गरी बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको २९९ रोपनी ९ आना ३ दाम जग्गामध्ये २८४ रोपनी १४ आना ३ दाम जग्गा मुआब्जा दिई सुवर्णशमशेर लगायत राणा परिवारसँग अधिग्रहण गरेको थियो। २०४६ को राजनीतिक परिवर्तनसँगै निर्मित कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन हुन पुग्यो। २०४७ जेठ १४, २०४७ साउन ८ र २०४७ भदौ ३ मा तत्कालिन मन्त्रिपरिषद्बाट निर्णय गरी राजनीतिक पक्षपात गरेर खोसिएको जग्गा सुवर्णशमशेरका छोरा रुक्मशमशेर राणालाई फिर्ता गर्ने निर्णय गर्‍यो।

तत्कालीन भूमिसुधार सचिव छविराज पन्तको संलग्नतामा मन्त्रिपरिषदको निर्णयका नाममा भूमाफियासँगको मिलेमतोमा नक्कली गुठी र मोही खडा गरिएको थियो । मन्त्रिपरिषदका २०६६ चैत २९ र २०६७ वैशाख ३१ को निर्णयका नाममा २०६९ माघ ५ मा ललिता निवासकै अधिग्रहण गरिएको ३ रोपनी १२ आना ३ पैसा जग्गा पशुपति टिकिन्छी गुठी खडा गरी नाम सारी गरिएको छ।

पन्तकै प्रस्तावमा मन्त्रिपरिषद्ले गुठीको नाममा जग्गा हस्तान्तरण गर्ने निर्णय गरेको थियो। लतिता निवास परिसरमा भू-माफिया र सरकारी कर्मचारीको मिलीमतोमा ११३ रोपनी ३ आना सरकारी जग्गा पुरानो मन्त्री परिषदको निर्णयको हवाला दिंदै व्यक्तीको नाममा नामसारी गर्दै बाँडीचुँडी खाएको त्रीताल आयोगको रिपोर्टबाट खुलासा हुन पुग्यो।

मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरूलाई प्रभावमा पारी ललिता निवास क्याम्प भित्रका सरकारी जमिन व्यक्तीका नाममा ल्याउन शोभाकान्त ढकाल र अधिवक्ता रामकुमार सुवेदीको संलग्नता देखिएको अनुसन्धानले देखाएको छ। माधव नेपाल प्रधानमन्त्री भएको बखत कमरेड पौडेलको अप्रत्यक्ष सहयोग भू-माफिया शोभाकान्त ढकालले प्राप्त गर्न सफल भए। सरकारी जग्गा व्यक्तीको नाममा गर्न सफल भए वापत पुरस्कार स्वरुप उमा ढकाल मार्फत नबिन पौडेलको नाममा बहुमुल्य जग्गा नाम सारी गरिएकोबाट निसाना पौडेल तिर फर्किएको छ।

पौडेल र डाक्टर शोभाकान्त ढकालको दोस्ती

कमरेड पौडेल र आयुर्वेद डाक्टर शोभाकान्त ढकालको लामो समयदेखि दोस्ती छ। ढकालले नै सुवेदीलाई पौडेलसँग भेट गराए। वकिल, भू-माफिया र राजनीतिको मिलीमतोबाट के गर्न सकिन्छ भन्ने पौडेललाई बुझाउन सफल भए। सरकारी जग्गा विभिन्न व्यक्तिका नाम हुँदै पुत्रको नाममा ल्याउनु पौडेलको गरेको सबै भन्दा ठूलो गल्ती थियो। आफ्नो राजनीतिक शक्तीको दुरुपयोग गर्दै सुवेदी र ढकालले गरेको कामलाई वैधता दिने गरी प्रधानमन्त्री माधव नेपाल मन्त्रिपरिषदबाट एउटा निर्णय गराए।

सुवेदी, ढकाल र पौडेलले राम्रोसँग बुझेका थिए। डिल्लीबजार मालपोत कार्यालयले ऊसँग हुँदै नभएको अधिकार प्रयोग गर्दै सरकारी जग्गा विभिन्न व्यक्ति हुँदै नबिनको नाममा नाम सारी गरि दिएको थियो। भविष्यमा प्रश्न उठ्न सक्छ। कानुनी झमेलामा पर्न सकिन्छ। डिल्लीबजार मालपोत कार्यालयको अबैधानिक कामलाई वैधता प्रदान गराउन माधव मन्त्रिपरिषद मार्फत २०६७ वैशाख ३१ गते निर्णय गराउँदै कानुनी झमेलाबाट बच्न लबिङ गरे।

कावासोतीका पुर्व एमाले नेता ढकाल स्याङ्जा जिल्लावासी समेत हुन्। पुर्व एमाले स्वास्थ्य विभाग सदस्य ढकाललाई २०७० सालको संविधानसभा चुनावमा पौडेलकै जोडबलमा समानुपातिक सांसद सिफारिस भएका थिए। निर्वाचन आयोगको सुचीमा समेत पर्न सफल ढकाल नेता घनश्याम भुसालले चर्को विरोध गरे पछि सांसद बन्न बञ्चित भए। गत संसदीय चुनावमा पनि ढकालको नाम पश्चिम नवलपरासीबाट उम्मेदवार सूचीमा थियो। चुनावी तालमेलमा उक्त निर्वाचन क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि उनी उम्मेदवार बन्न पाएनन्।

पौडेल माथी लागेका अन्य आरोपहरु

ठगी र कालोबजारी मुद्धामा जेल परेका उमेश बानियाले काभ्रे जेलबाट छुटनको निम्ति न्यायाधीश ढकाललाई १८ लाख घुस दिएका थिए। घुस लिंदै मुद्धा फैसला गर्ने लेखनाथ ढकाललाई उच्च अदालतको न्यायाधीश बनाउन पौडेलको हात रहेको आरोप लाग्दै आएको छ। यसै गरी लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन होस कि खिलराज रेग्मीको अध्यक्षतामा सरकार निर्माण गर्न होस पौडेलको खटाई अर्थपुर्ण मानिदै आएको थियो। केपी ओली सरकारमा अर्थमन्त्री बन्दै छ्लाङ मार्न सफल हुँदा एनसेल कम्पनीलाई पुँजीगत लाभकरमा छुट दिंदै गुन लगाएको चर्चा बेला बखत हुने गरेको छ।

नेकपा संकटमा

प्रचण्ड -ओलीलाई रिझाउँदै नेकपाको महासचिव बन्न सफल भएका हुन् विष्णु पौडेल। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा रहेका छन् महासचिव विष्णु पौडैल ! पौडेलको सरकारी सम्पतीको मोह छताछुल्ल भएसँगै नेकपा राजनीति नयाँ संकटमा फसेको छ। सिद्धान्त, विचार, संगठन र कम्युनिष्ट व्यवहार सबै ध्वस्त बनाउँदै भेडी गोठमा रुपान्तरण गरिएको नेकपामा विष्णुको लीला पर्दाफास हुँना साथ अध्यक्षहरु तनावमा फसेका छन्। चौतर्फी राष्ट्रिय दोहन बढेको समयमा पार्टी महसचिवको लीला सार्वजनिक हुनुले कम्युनिष्ट आन्दोलन कमाउनिष्टहरुको पकडमा परेको आरोप सत्यतामा बदलिन पुगेको छ।