थामियो नेप्से, आज पुनः ओरालो

6.94K
shares

काठमाडौँ।  सोमबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १६६.२१ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले घटेर २५४.२१ मा पुगेको छ । नेप्से आरोलो लागेपनि कारोबार रकम भने वृद्धि भएको छ । कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर रु ७२ करोड १६ लाख ४२ हजार ९६५ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सात उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ०.८४, व्यापार १.५८, वित्त ०.०१ अन्य ०.३८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।

यस्तै होटल ३५.०१ विकास बैंक ९ निर्जीवन बीमा ५९.५५ उत्पादन १०.१९ जीवन बीमा ४०.३४ विन्दुले घटेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ३३ लाख १२ हजार १३२ मूल्यमा खरीद बिक्री भए । यस्तै, नागरिक लगानी कोष रु आठ करोड ८२ लाख ७४ हजार ४५१, नेपाल बैंक लिमिटेड रु सात करोड ६२ लाख ३८ हजार ३७७ बुटवल पावर कम्पनी रु दुई करोड ८४ लाख ७० हजार १३६. हिमालयन डिस्टिलरी रु दुई करोड ५२ लाख ९५ हजार ४६७ र साल्ट टेडिङ कर्पोरेशनको रु एक करोड ८७ लाख २८ हजार ५८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कारोबारका आधारमा सपोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाए । कञ्चन डेभलपमेन्ट बैंक ९.५७, पाँचथर पावर ९.४३, छ्याङ्दी हाइड्रोपावर ९.४१ जोशी हाइड्रोपावर ८.३३ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ६.७२ विन्दुले कमाए । त्यस्तै आँखु खोला जलविद्युत् कम्पनी ७.०१, रिडी हाइड्रोपावर ५.४० गुराँस लघुवित्त वित्तीय संस्था ४.९०, सप्तकोशी डेभलपमेन्ट बैंक ४.६५, सिर्जना फाइनान्स ४.१६ र हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले ४.१३ गुमाए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083