प्रदेशस्तरीय पुरुष भलिबलमा चितवन विजयी
वि.सं.२०७६ माघ १ बुधवार ११:३०
7.37K
shares
shares

चौतारा । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा आयोजित वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनलमा चितवन जिल्ला विजयी भएको छ । विजेता चितवनले २५-२०, २५-२३ र २६-२४ को अन्तरले रामेछापलाई पराजित गरेको थियो ।
प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले विजेता र उपविजेतालाई क्रमशः दुई लाख दुई हजार २० र एक लाख एक हजार १० सहित ट्रफी, पदक र प्रमाणपत्रसहित पुरस्कृत गरे । भलिबलमा जिल्लाकै ठूलो धनराशि पुरस्कार रहेको उक्त प्रतियोगिता गत पुस २६ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा काठमाडाँै र रसुवाबाहेक ११ जिल्लाको सहभागिता रहेको आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रवीन गौतमले जानकारी दिए ।




























