बिप्लव समूहका जिल्ला सदस्य न्याउलोद्वारा आत्मसमर्पण

7.81K
shares

बझाङ ।

एकीकृत जनक्रान्तीको माध्यमबाट राज्य व्यवस्थालाई परिर्वतन गर्ने आशय लिएको नेत्र बिक्रम चन्द(बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी बझाङका सदस्य ‘न्याउलो’ भनिने नरेन्द्र धामीले आज जिल्ला प्रशासन कार्यालय बझाङमा आत्मसर्मपण गरेका छन् ।

सार्वजनिक सम्पत्ती तोडफोड मुद्धामा जिल्ला अदालतबाट २ लाख र अभद्र व्यवहार मुद्धामा २० हजार रुपैयाँ धरौटीमा छुटेका धामीले आगामी दिनदेखि नेकपा बिप्लवका कुनै पनि गतिबिधिमा संग्लन नरहने हिजो जस्तै सर्वसाधारण किसानी काम गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

केही समय अगाडी केदारस्युँ गाउँपालिकाको वडा न ६ भामचौर वडा कार्यालयमा आगजनी सहित तोडडफोड गर्ने समूहमामा संग्लन भएको थाहा पाएपछि नेकपा बिप्लवको सूचीमा नाम परेका नरेन्द्र आफु नेपाली काँग्रेसको क्रियाशील सदस्य भएको र कसले कुन बेला मेरो नाम दिएको रहेछ । थाहा नभएको बताउँछन् । ।