चिनियाँ खर्बपति ज्याक माले पठाए इटलीलाई ५ लाख मास्क

6.97K
shares

बेइजिङ ।

चीनका धनाढ्य मध्येका एक खर्बपति ज्याक माले इटलीलाई ५ लाख मास्क पठाएका छन्। ज्याकमा आबद्ध रहेको ‘ज्याक मा फाउन्डेसन’ र आफ्नो कम्पनीको ‘अलिबाबा फाउन्डेसन’मार्फत इटलीलाई ५ लाख मास्क प्रदान गरेको चीनियाँ समाचार सस्था सिन्ह्वाले जनाएको छ।

चीनपछि कोरोना भाइरसबाट सबैभन्दा ग्रस्त मुलुक इटली हो। ज्याक माले मास्कहरु एक कार्गो विमानमा पठाएका थिए। उक्त विमान बेलिजियममा अवतरण गरिसकेको र त्यहाँबाट ट्रकले मास्कहरु इटली लाने जनाइएको छ।ज्याक माले शुक्रबार पनि अमेरिकालाई ५ लाख स्वास्थ्य सामाग्री सहयोग गरेका थिए।

इटलीमा हालसम्म कोरोनाबाट १७ हजार ६६० संक्रमित बनेका छन्। त्यहाँ १२ सय ६६ को मृत्यु भइसकेको छ।चीनमा भने कोरोनाबाट संक्रमित र मृतकको दर घट्दै गएको छ। चीनले कोरोनाको प्रभाव चीनमो अन्त्य भएको घोषणा गरिसकेको छ।

यसबीचमा इटली भने कोरोनाबाट थप प्रभावित बन्दै गएको छ। हाल इटलीका सबै ६ करोड नागरिकलाई घरबाट निस्कन दिइएको छैन। शैक्षिक संस्था, खेलकुदका गतिविधि सबै ठप्प छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आज शनिबार नै इटलीलाई कोरोनाविरुद्धको अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार मात्र चीनले आफ्ना ९ विज्ञको टोलीसहित २० टन स्वास्थ्य सामाग्री इटली पठाएको थियो। एजेन्सी


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083