फतुवा बिजयपुर नगरपालिकामा लगत संकलनको लागी वडा स्तरीय समिति गठन 

16.02K
shares

रौतहट । लगत संकलनको लागी रौतहटको फतुवा बिजयपुर नगरपालिकामा वडास्तरीय समिति गठन गरिएको छ । विश्वभर महामारिका रुपमा फैलीएको कोरोना भाइरसको रोकथामको लागी देशव्यापि रुपमा गरिएको लकडाउनको यस स्थीतिमा आपुर्ति व्यवस्थालाई सहज वनाउन र मजदुरी अभावमा गुजार चलाउन नसक्ने ब्यक्तिहरुको लगत संकलनको लागी फतुवा विजयपुर नगरपालिका ११ वडा वडालाई निर्देशन दिएको हो ।

फतुवा बिजयपुर नगरपालिका मेयर गोपाल राय यादव अध्यक्षता तथा उपमेयर कान्ति देवि सहित वसेको वैठकले लगत संकलनको लागी वडा स्तरीय राहात समिति गठन गरेको हो । जसको संयोजकत्वमा नगर कार्यलय प्रमुख सुरेन्द्र प्रधान र स्वास्थको स-संयोजक प्रभु पट्टेल रहनुभएको छ ।

गठित समितिले लकडाउनको यस अवस्थामा रोजगारीको अभावमा काम गर्न नपाएर दैनिकि गुजरा गर्न नसकेका व्यत्तिहरुको एकिन विवरण तयार पारी फतुवा विजयपुर नगरपालिकाको कार्यालयमा संकलित लगत  उपलब्ध गराउने, र अनुदान तथा खाद्यान्न उपलब्ध गराउने र लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याउने जस्ता कार्य गर्ने राजेश पट्टेलले बताउनुभयो । साथै दुधिवआ माध्यमिक विद्यालयमा १० बेडको आइसुलेसन समेत तयारी अवस्था रहेको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083