काठमाडौँका दुबैजना नर्सको रिपोर्ट ‘नेगेटिभ’, डिस्चार्ज हुँदै

10.83K
shares

काठमाडौ।

केन्द्रीय कारागार त्रिपुरेश्वरका दुई जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार कोरोना भाइरसको आशंकामा टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

कारागार अस्पतालमा गत सोमबार ४० जनामा गरिएको र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

दुबैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएसँगै दुबैजनालाई डिस्चार्ज गर्ने तयारी भैरहेको अस्पतालले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083