‘भारतसँगका नाका तत्काल खुल्ने कुरै छैन, लकडाउन खुकुलो हुनसक्छ’

8.71K
shares

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो ब्रिफिङ गरेका छन्।

दुई अध्यक्षले प्रदेश(प्रदेशका सांसदलाई फरक-फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरिरहेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफल सकिएको छ भने प्रदेश १ का सांसदहरूसँग छलफल भइरहेको छ।ओली-प्रचण्डको ब्रिफिङ दिनभरि चल्नेछ।

दुई दिनअघि सरकारले अकस्मात पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि नेकपाभित्र राजनीतिक तरंग आएको थियो।

ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु नियमित प्रक्रिया भएको बताएका छन्।

‘प्रधानमन्त्रीज्यूले सरकारले नियमित प्रक्रियाअनुसार अध्यादेश ल्याएको हो, पद्धति बिगारेर फरक तरिकाले ल्याइएको होइन भन्नुभयो,’ सांसद निरूदेवी पालले सेतोपाटीसँग भनिन्,‘दल विभाजनमा ४० प्रतिशत हुँदा र नहुँदा त्यत्रो फरक पर्दैन पनि भन्नुभयो।’

उनका अनुसार सुदूर पश्चिम प्रदेशका सांसदहरूको ब्रिफिङमा अर्का अध्यक्ष दाहाल अन्तिम बेलातिरमात्र आइपुगेका थिए। त्यतिञ्जेल ओलीले अध्यादेशबारे आफ्नो भनाइ राखिसकेका थिए।

‘प्रधानमन्त्रीले तपाईं ढिला आउनुभयो, मैले साथीहरूलाई यस्तोयस्तो कुरा राखिसकें भन्नुभयो,’ सांसद पालले भनिन्,‘प्रचण्ड कमरेड मुसुक्क हाँस्नुभयो। केही बोल्नुभएन। प्रधानमन्त्रीको कुरामा उहाँको सहमतिजस्तै देखिन्थ्यो।’

बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक देव गुरूङ पनि सहभागी छन्।ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले तत्काल भारतसँगको नाका खुल्ने सम्भावना नरहेको बताए।

‘भारतसँगको नाअर्का सांसद दीपकप्रकाश भट्टले ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले कसैलाई बलियो र कसैलाई कमजोर बनाउने हिसाबले अध्यादेश नल्याएको बताए।

‘हामी मन मिल्दा एक हुने र मन नमिल्दा फुटने होइनौं, बरू हामीले कसैले नसोचेको दुई अध्यक्ष हुने प्रणाली विकास गरेका छौं,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै भट्टले भने।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको बचाउ गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका कारण गर्नुपर्ने धेरै नियुक्ति रोकिएकाले अहिलेको अवस्था आएको बताए।

‘प्रतिपक्षी दलले जेमा पनि भाग खोज्न थाल्यो। सरकारले गर्नुपर्ने धेरै काम छन्, जुन हामीले गर्न सकेका छैनौं,’ ब्रिफिङमा प्रधानमन्त्री ओलीले भने,‘जेमा पनि भाग खोज्ने र नियुक्ति हुन नदिने भएपछि अध्यादेश ल्याउनु परेको हो।’

सांसद भीम रावलले आफूले समय पाए केही सैद्धान्तिक र नीतिगत कुरा गर्न खोजेको बताएका थिए। तर प्रधानमन्त्री ओलीले उनलाई अहिले त्यस्तो कुरा गर्ने समय नभएको भनेर टारिदिए।

सांसदहरूले महाकालीपारि भारतीय भूमिमा रहेका नेपालीहरूलाई घर फर्काउनेबारे पनि कुरा राखेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले सरकारले त्यसबारे पनि सोचिरहेको बताए।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरसविरूद्धको लडाइँमा सांसदहरूलाई पनि केही भूमिका दिने बताएका थिए।का खुल्ने कुरै छैन। देशभित्र लकडाउन खुकुलो हुनसक्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद पालले भनिन्।

केही सांसदहरूले अध्यादेश मन्त्रिपरिषदले पास गरेको केहीबेरमै राष्ट्रपतिले किन हस्ताक्षर गर्नुभयोरु भनेर प्रश्न गरेका थिए।जवाफमा प्रधानमन्त्री ओलीले सरकारले पठाएपछि तुरून्त र ढिलाको कुरै नहुने बताए।

सेतोपाटीबाट


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083