राजपा र समाजवादी पार्टीबीच एकता, अब नयाँ पार्टीको नाम ‘जनता समाजवादी’
वि.सं.२०७७ वैशाख १० बुधवार २३:४७
8.37K
shares
shares

काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले बुधबार अबेर राति पार्टी एकता घोषणा गरेका छन् । भने पार्टी एकता घोषण पछि यसको नाम ‘जनता समाजवादी’ भएको छ । एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा हुनेछ भने चुनाव चिन्ह छाता हुनेछ। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरले पहिलोमा छन् ।
प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार राति नै एकता घोषणा भएको हो ।समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरेका हुन्।





























