रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

6.99K
shares

मस्को,एजेन्सी ।

रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टीनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। टाइम म्यागजिनका अनुसार बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो कलमा कुरा गर्दै आफू ‘सेल्फ आइसोलसन’ मा बस्ने तर खास नीतिगत कार्यमा सहभागी हुने बताएका थिए। प्रधानमन्त्री र राष्ट्रपतिबीच केही समयअघि भेट भएको हुन सक्ने बताइएको छ। तर कुन मितिमा भेट भएको थियो भन्ने खुलाइएको छैन।

कोरोना फैलिएसँगै राष्ट्रपति पुटिनले प्रत्यक्ष भेटघाटलाई कम गरेका थिए। उनले भिडियो कल मार्फत् दैनिक कार्यसम्पादन तथा बैठक बसाउँदै आएका छन्।

प्रधानमन्त्री कोरोना संक्रमित भएसँगै उनको दैनिक कार्यभार आन्द्रेइ बेलोसोभले सम्हाल्ने छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083