बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ

6.36K
shares

कैलाली ।

कैलालीमा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा श्रीमान र जेठाजु पक्राउ परेका छन् ।गौरीगंगा नगरपालिकाकी-१६ वर्षीय किशोरीमाथि जबरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

१ वर्ष पहिले किशोरीको मागी विवाह भएको थियो  । दाजुभाइ मिलेर बलात्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी आएपछि दुवै जनालाई पक्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए  

`१६ गते प्रहरीलाई उजुरी आएपछि महिलालाई सेफ हाउसमा राखिएको थियो,´ उनले भने, `कोरोनाको त्रासका कारण दुवैजनालाई परिवारको जिम्मा लगाइएको हो ।´

किशोरी र उनका माइती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्दा दिएपछि दुवै जनालाई पुनपक्राउ गरी जिल्ला ल्याइएको  उनले बताए। उनीहरुको आइतबार म्याद थप गरिने बस्नेतले जानकारी दिए ।

सोही मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्।जिल्लाको मसुरियाको लक्ष्मी सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर धामीलाई अख्तियारले ५० हजार घुससहित पक्राउ गरेको हो।

उनले इलाका प्रहरी कार्यालय मसुरियासँग कुरा गरेर मुद्दा मिलाइदिन्छु भनी  आरोपीसँग घुस माग्दै गर्दा पक्राउ गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083