नेकपा सचिवालय बस्दै,सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने

5.42K
shares

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।

सरकारले संघीय संसदमा आज आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुअघि त्यसबारे शीर्ष नेताबीच छलफल गर्न नेकपाले शुक्रबार बिहान सचिवालय बैठक राखेको हो । सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा बादल सहभागी हुनुहुन्छ ।

बैठकमा नेताहरुलाई प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमबारे जानकारी गराउनुहुने उहाँको सचिवालयले जनाएको छ ।


divya collage
unigloble collage