नेम्वाङलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव
वि.सं.२०७७ असार १८ बिहीवार १३:३८
20.61K
shares
shares

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राख्नुभएको छ । आफूलाई पदबाट हटाउन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सक्रिय भएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भावी प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको हो ।
ओलीले आफूले प्रधानमन्त्री पद त्याग्नु पर्ने भए सहमतिमै नेम्वाङलाई प्रधानमन्त्री बनाउने तुरुप फ्याकेका हुन्। स्रोतका अनुसार बुधबार दिउँसो ओली प्रचण्डबीच अरु केही नेताबिच भएको छलफलमा ओलीले नेम्वाङको नाम अघि सार्नुभएको हो ।






























