यस कारण न्यायाधीश कार्कीद्वारा गिरीको मुद्धा सुनुवाइ गर्न अस्वीकार
वि.सं.२०७७ साउन ४ आइतवार २०:२०
9.98K
shares
shares

काठमाडौँ । सरिता गिरीलाई तत्कालीन समाजवादी पार्टीले सांसदबाट निष्काशन गरेको निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आइतबार रोकिएको छ।
याे पनि पढ्नुहाेस्….
सांसद गिरीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै
आइतबार अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाए पनि रिटमाथिको सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतले जनाएको छ।
स्रोतका अनुसार न्यायाधीश हरिकृष्ण कार्कीले कानुन व्यवसायीका रुपमा काम गर्दा गिरीका पक्षमा बहस पैरवी गरेकाले उनीसँग सम्बन्धित रिट निवेदनको सुनुवाइ गर्न अस्वीकार गरेका हुन्।
न्यायाधीश हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ।
यसअघि असार ३० गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आइतबार अन्तरिम आदेशबारे छलफल गर्न मिति तोकेको थियो।





























