नेपाल एयरलाइन्सले हटायो १४५ जना कर्मचारी

6.54K
shares

नेपाल एयरलाइन्सले कर्मचारी कटौति गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा निगममा जम्मा १ हजार ४९१ जना कर्मचारी रहेकोमा ४ सय ७८ जना करार सेवामा थिए ।

एयरलाइन्सले १ सय ४५ जना कर्मचारीको करार सम्झौता नगर्ने निर्णय गरेको हो ।

नेपाल एयरलाइन्समा सामान्य सेवा विभागमा १ सय ५५ जना, बिमान मर्मतमा १ सय ९ जना, सामान्य प्राविधिक ३४ जना र उडान सञ्चालनमा १ सय ८० जना कर्मचारी कार्यरत थिए ।

एयरलाइन्सका अनुसार आम्दानीको मूख्य स्रोतको ९० प्रतिशत घटेको छ ।

जसकारण खर्च कटौती गर्नका लागी करार अवधि समाप्त भएका कर्मचारीको करार सम्झौता नविकरण नगरिएको निगमले जनाएको छ ।

१ सय ४५ जनाको करार सम्झौता नविकरण नगर्दा निगमको खर्च ५ करोड रुपैयाँ जोगिने छ ।