स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार कर्मचारीमा संक्रमण
वि.सं.२०७७ साउन २५ आइतवार १५:५६
7.25K
shares
shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालय स्रोतका अनुसार शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो। तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।
अहिले उनीहरुको संम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।






















