मुख्यमन्त्रीलाई श्रीमान भनेर दाबी गर्ने बालिका खड्का पेरिसडाँडाबाट पक्राउ

19.36K
shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको बेला दोलखा घर भएकी बालिका खड्का कोटेश्वरस्थित पेरिसडाँडाबाट पक्राउ परेकी छन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।

केही दिनअघि प्रमाण पु‍र्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् । लामो समयदेखि राईले आफूमाथि दुर्व्यहार गरेको अरोप लगाउँदै आएकी थिइन् । पक्राउ परेकी खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ ।

बालिका खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।