पुर्व मन्त्री तथा प्रथम योल्मो खेन्पो डा. लामाको दिदिको निधन पछि बुधबार पशुपतिमा अन्त्येष्टि !

14.39K
shares

काठमाडौ । पुर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता, संविधानसभा सदस्य डा. ल्हारक्याल लामाका ठुली दिदि कोभिड-१९ को कारणले निधन भए पछी आज बुधबार पशुपति नाथको विधुत शव गृहमा बौद्धधर्मको कर्मकाण्ड अनुसार पुजा गरी अन्त्येष्टि गरिएको हो।

नेकपाका संगठित सदस्य समेत रहेकी पुर्व मन्त्री डा. लामाको दिदि सार्की डोमा लामाको झण्डै ७१ वर्षको उमेरमा निधन भएको हो। दुई दिन अगाडि उपचारको क्रममा निधन भए पछि नेपाली सेनाको समुहले अन्त्येष्टि गरेको हो।

उनको निधन भए पछि सम्पुर्ण योल्मो परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै समाजिक संजालमा श्रद्धाञ्जली व्यक्त गरिएको हो। डोमा लामाको अन्त्येष्टिको फोटोफिचर:–


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083