मध्यभोटेकोशीमा फोनबाटै २ करोडको डिल (अडियोसहित)

9.72K
shares

१० वर्षअघि स्थापित मध्यभोटकोसीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

कहिले भूकम्प, कहिले नाकाबन्दी, कहिले ठेकेदारका ढिलासुस्तीलगायतका अनेकौं कारण देखाउँदै यसको निर्माण कार्य सात वर्षबितिसक्दा पनि सकिएको छैन ।

सन् २०१३ मा ठेक्का भई २०१६ मा पूरा गर्ने लक्ष्य रहेको मध्य भोटेकोसी कम्पनीमा सीइओ र आयोजना प्रमुखबीचको विवादका कारण काम अघि बढ्न सकेको छैन ।

स्थानीय राजनीतिक दलका नेताहरुको असहयोग, आयोजनाकै कर्मचारीहरुबीचको गुटबन्दी, व्यवस्थापनको अकर्मण्यता छँदैछ, त्यसमाथि ठेकेदारले अनेक बहानाले काम गर्न आलटाल गर्दै आएको छ ।

पछिल्लो पटक ठेकेदारका दोभाषेले कम्पनीका निवर्तमान सीइओ मणि काफ्लेलाई २ करोड रुपैयाँ अफर गरेको टेप सार्वजनिक भएको छ ।

उक्त टेप सार्वजनिक भएपछि मध्य भोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत मणि काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

केही दिनअघि चिनियाँ ठेकेदारका दोभाषे प्रतिनिधि गोविन्द पौडेलसित २ करोड रुपैयाँको लेनदनसम्बन्धी टेप सार्वजनिक भएपछि काफ्लेले राजीनामा दिएका हुन् ।

सार्वजनिक भएको टेपमा चिनियाँ सिभिल ठेकेदार कम्पनी ग्वाङ्सीका दोभाषे गोविन्द पौडेलले ठेकेदार काफ्लेलाई दुई करोड दिने भनेका छन् । जवाफमा काफ्लेले हुन्छ भनेको सुनिन्छ । टेपमा काफ्ले आफैले पैसा मागेका छैनन् ।

विद्युत् प्राधिकरणको १०, चिलिमेको ३८, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुका १९.५, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १०, सर्वसाधारणको १५, प्रवद्र्धक कम्पनीको कर्मचारीहरुको ३.५, कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको १, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १ प्रतिशत शेयर छ ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083