बागमती प्रदेश सह-सचिवमा जनयुद्धका बन्दी कपिलको उम्मेदवारी

12.94K
shares

सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशको अध्यक्षसहित पदाधिकारी निर्वाचन प्रक्रियाबाट चुनिने भएको छ।

जसमा सबै प्रतिनिधिले भोट हाल्न भने पाउनेछैनन् । कार्यसमिति सदस्यले मात्रै मतदानमा सहभागी जनाउन पाउने नेकपा माओवादी केन्द्र बागमती प्रदेश निर्वाचन कमिटीका सदस्य डीबी तामाङले बताए।

अन्तिम सहमतिका लागि अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा बैठक गरिएको थियो। सो बैठकलेसमेत सहमति जुटाउन नसकेपछि नेतृत्वका लागि निर्वाचन गर्नुपर्ने भएको हो।

वाग्मतीको अध्यक्षका लागि सिन्धुपाल्चोकका सरलसहयात्री पौडेल, काभ्रेका दीनानाथ गौतम बीच प्रतिष्पर्धा हुने देखिएको छ।

अध्यक्षका दाबेदार भक्तपुरका डिपी ढकालले सरल सहयात्रीलाई समर्थन गरेर ब्याक हटेका छन्। अध्यक्षसहित नौ जना पदाधिकारी निर्वाचनबाट चयन हुनेछ। प्रदेश कमिटीमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जना रहेको पदाधिकारी छ। सह-सचिवमा जनयुद्ध कालमा लामो समय बन्दी जीवन बिताएका परशुराम रिमाल कपिलको उम्मेदवारी परेको छ । उनी दोलखाका इमान्दार इ निष्ठावान नेता भित्र पर्छन ।

मंसिर २५ मा माओवादी केन्द्र बागमती प्रदेशको अधिवेशन काठमाडौंमा भएको थियो। त्यतिबेला नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि २७५ जनाको कार्यसमिति मात्रै चयन गरिएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083