निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गराउन झनै कठोर बन्दै

5.63K
shares

काठमाडौं। निर्वाचन आयोगले आचारसंहितालाई थप कडाइका साथ अनुगमन गर्न प्रमुख आयुक्त दिनेशकुमार थपलिया एक्सनमा आउने भएका छन् । आयोग मुख्यालयमा भएको पत्रकार सम्मेलनमा आयुक्त थपलियाले निर्वाचनको निष्ठा कायम गराउन आचारसंहिता कार्यान्वयन गराउन आयोग प्रतिबद्ध रहेको बताए ।

आचारसंहिता उल्लंघन अनुगमन गर्न केन्द्र र जिल्लामा बेग्लाबेग्लै अनुगमन समिति बनाइएको जानकारी दिँदै उनले केन्द्रमा केन्द्रीय अनुगमन समिति र जिल्लामा जिल्लास्तरीय अनुगमन समिति क्रियाशील रहेको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083