भ्रष्टाचार र आर्थिक अनुशासन नियन्त्रणमा निर्मम भएर लाग्न गृहमन्त्री श्रेष्ठको निर्देशन

5.2K
shares

काठमाडौं। उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रधान कार्यालयको निरीक्षण तथा भ्रमण गरेका छन् । बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रममा सहभागीर्भई सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

उप–प्रधान एवं गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, संगठनात्मक संरचना, काम कर्तव्य र जिम्मेवारी अन्तर्गतका विषयहरुमा शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, दंगा नियन्त्रण, सार्वजनिक सम्पत्तीको संरक्षण, तथा कानूनको कार्यान्वयन गर्ने क्रममा सम्पादन गरिएका समग्र गतिविधिहरु समेटेर गरिएको प्रस्तुतीकरण बारेमा चर्चा गरेका हुन्।

शान्ति, सुरक्षा, प्रतिबद्धताको मुल मन्त्रलाई आत्मसात गरी नागरिकको ज्युधनको सुरक्षा, सीमा सुरक्षा, राजश्व सुरक्षा, औद्योगिक सुरक्षा कायम गर्न अहोरात्र खटिएर सेवा प्रदान गर्ने कार्य सराहनीय रहेको बताउनुहुँदै राज्यले सुम्पिएका जिम्मेवारीहरु साथसाथै सशस्त्र प्रहरी बलले भैपरि आउने विषम परिस्थितिहरुमा समेत आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको समेत बताए ।

उनले प्रधान कार्यालयमा देशभरमा कार्यरत वरिष्ठ अधिकृतहरु भेला भई संगठनलाई कसरी गतिशिल र सक्षम बनाउन सकिन्छ भनि छलफल गर्न गोष्ठी आयोजना गर्ने कार्य प्रशंसनिय रहेको बताउदै स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अझ मिहेनतका साथ कार्यसम्पादन गरी भ्रष्टाचार र आर्थिक अनुशासनका सवालमा कुनै पनि सम्झौता नगरी निर्मम रुपमा प्रस्तुत हुन समेत निर्देशन दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083