परराष्ट्र मन्त्री एनपी साउदले लिए पद तथा गोपनियताको शपथ

7.28K
shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनियताको शपथ लिएका छन्। आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

उनी नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन्। साथै नन्दा चपाईंले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन्। उनी नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योसँगै आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यसअघि उनले चैत १७ गते मन्त्रिमण्डल विस्तार गरेका थिए। अझै पाँच मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083