‘अनुसन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन’ : गृहमन्त्री

5.42K
shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले माग गर्ने हदसम्मका व्यक्ति तानिएको बताएका छन्।

‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको छ,’ सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ। अनुसन्धानले माग गर्ने हदसम्म विभिन्न व्यक्तिहरू तानिनुभएको छ।’

गृहमन्त्री श्रेष्ठले निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्‍याउन लागि परेको बताउँदै भने, ‘असन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन।’

श्रेष्ठले आज शीर्ष नेताहरुसँग आफ्नो भेट नभएको र हिजो बालुवाटारमा भएको बैठकमा शीर्ष नेताहरुसँग अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गरेको बताए । ‘आज मेरो विपक्षी दलका नेतासँग भेट भएन,’ उनले भने, ‘उहाँहरूको फरक विषय संसद र संवैधानिक समितिसम्बन्धी विधेयक र शान्ति प्रक्रियाबारे कुरा थियो।’

गृहमन्त्री श्रेष्ठले पूर्वमा भएको आक्रमणका सन्दर्भमा कुराकानी आफूले केही दिन एमाले अध्यक्ष केपी ओलीलाई निवासमै भेटको र नक्कली शरणर्थी प्रकरणको छानविनमा सहयोग मागेको समेत जानकारी दिए।

‘उहाँ पूर्वमा हुँदा आक्रमण प्रयास भयो, मैले दुःख प्रकट गर्न र सुरक्षा गर्न प्रतिबद्ध छौं भनेर फोन गरेर काठमाडौं आएपछि भेट्छु भनेको थिएँ,’ श्रेष्ठले भने, ‘त्यसपछि मैले उहाँलाई केही दिनअघि निवासमै गएर भेटेँ । अनुसन्धानमा सहयोग र आडभरोसाको माग गरेँ। उहाँले दोषी नछुट्नेगरी र निर्दोष नफस्नेगरी काम गर्न भन्नुभयो।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083