corporatenepal.com अनलाईनमा प्रकाशित समाचारप्रती उपत्यका प्रहरी कार्यलयको ध्यानाकर्षण

5.28K
shares

काठमाडौ । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीबारे तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रुपमा निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता जनाएको छ ।

यसै  बिषयलाई लिएर www.corporatenepal.com अनलाईन मिडियामा एआईजी श्याम ज्ञवालीले आरजु राणा र टेकनारायण पाण्डेलाई गोप्य भेट गराएको शिर्षकमा  प्रकाशित समाचारप्रती काठमाडाण्डौ उपत्यका प्रहरी कार्यलयले गम्भिर ध्यानाकर्षण गरेको छ । तथ्यपरक सूचना सम्प्रेषण गरी प्रहरी अनुसन्धानलाई सहि निष्कर्षमा पुर्याउन नेपाल प्रहरीबाट भई रहेको अनुसन्धान कार्यलाई सहयोग गरिदिन हुन अनुरोध गरेको छ ।

काठमाडाण्डौ उपत्यका प्रहरी कार्यलयका प्रहरी अतिरित्त महानिरीक्षककोतर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक हिमालयन कुमार श्रेष्ठले विज्ञप्ति निकालेर यस्तो ध्यानाकर्षण गरेका हुन्।

May be an image of ticket stub and text

कपोलकल्पीत तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हँदा मुद्दाको अनुसन्धानमा समेत नकरात्मक असर पर्न सक्ने भन्दै तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न पनि अनुरोध समेत गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083