कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

5.66K
shares
बिराटनगरकोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आज मंसिर २८ गते आन्तरीक रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेल मैदानमा आयोजित ५७ औ बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बास्तोलाले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५७ औं वर्ष पुरा गरेको अवसरमा तालिम केन्द्र तथा केन्द्रमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले बार्षिक उत्सवको अवसरमा प्रकाशन गर्दै आएको स्मारिकाको लोकार्पण समेत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै वहाँले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि तालिम लगायत प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहेको र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको समाजमा उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताउनु भयो ।
समयको परिवर्तन संग संगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको बिकाश तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिनु भयो ।
May be an image of 6 people, clarinet, speaker, dais and text that says "पदेश प्रहरी तालिम केन्द्र. fিজাব विराटनगर कोशी ५७ औ वार्षिकोत्सव समारोह प्रमुख अतिथि: कोशी प्रदेश प्रहरी प्रमुख श्रद्देय श्रीमान प्र.ना.म.नि. राजेशनाथ बास्तोलाज्यू सर"
उहाँले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा यस प्रहरी तालिम केन्द्रको सम्पुर्ण प्रशिक्षकहरुको अनुशासन र सामुहिक प्रयासद्वारा यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिनु भयो ।
त्यसै गरी प्रहरी नायव महानिरीक्षक बास्तोलाले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन लगायत अन्य खेलका बिजय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो । यसैगरी तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक रविन बिष्टले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत गरी कुल ८२ हजार ३६ जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराउनु भयो ।
कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताउनु भयो । बार्षिक उत्सव कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुका साथै पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
तस्वीरमा हेर्नुहोस्
May be an image of 3 people and text
May be an image of 3 people and text
May be an image of 5 people and text
May be an image of 4 people and text
May be an image of 7 people
May be an image of 5 people and text

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083