उपाध्यक्ष डा. लामा द्वारा भारत-क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई स्वागत
वि.सं.२०८० पुस १८ बुधवार १५:३४
shares

रुपन्देही । भारत-क्यानडा चेम्बर अफ कमर्स ट्रेड भारतका प्रतिनिधिहरु नेपाल भ्रमणमा रहेका छन् । तीन दिने नेपाल भ्रमणमा रहेका प्रतिनिधिहरुलाई माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले तथा चेम्बर अफ कमर्स, रुपन्देहीका प्रतिनिधिहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा बुधबार स्वागत गरेका हुन् ।
उपाध्यक्ष डा.लामाले स्वागत गर्दैबुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा घुम्न आउन निमन्त्रणा पनि गरेका हुन्। भारतीय व्यवसायसँग गहिरो व्यावसायिक साझेदारी स्थापित गर्दै आएको चेम्बरले क्यानाडाको आर्थिक वृद्धिको लागि महत्त्वपूर्ण सहयोग गर्दै आएको छ।
खाद्यान्न र प्राकृतिक स्रोतसाधनहरु, सूचना प्रविधि, शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा आदानप्रदान गर्न यसले साझेदारी गरेको छ भने नेपालमा पनि यसै विििषमा छलफल गर्ने छ।















