जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखद्वारा मातहतका सम्पुर्ण प्रहरी ईकाईका ईन्चार्जहरुलाई, अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउन निर्देशन

4.98K
shares

राैतहट । जिल्ला प्रहरी कार्यालय राैतहटका र कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठद्वारा जिल्ला प्रहरी कार्यालय रौतहट मातहतका सम्पुर्ण प्रहरी ईकाईका ईन्चार्जहरुलाई, अपराध अनुसन्धानलाई प्रमाणमुखि बनाउँदै दोषिलाई सजाय र पिडितलाई उचित न्याय दिलाउने गरी निश्पक्ष अनुसन्धान गर्ने,जालि नोट,हुण्डि कारोवारको सूचना संकलन निर्देशन दिनु भएकाे छ ।

सवारी दुर्घटना न्युनिकरण , चोरी तस्करी नियन्त्रण,भारतबाट अबैध रुपमा निकासी हुने माछा,कुखुरा,तरकारी लगायत अन्य अबैध सामानहरुमा प्रतिबन्ध लगाउने, फरार अभियुक्तहरुको खोजी तथा पक्राउ गर्ने, DJ साउन्डबाट हुने ध्वनी प्रदुषण र सामाजमा असर पार्ने अस्लिल गितहरु नबजाउन रोकथाम तथा नियन्त्रण गर्ने, रक्सी भट्टी नष्ट,लागुऔषध नियन्त्रण जस्ता समसमायिक विषयवस्तुमा कानुन बमोजिम गर्न गराउनका समेत निर्देशन दिए ।

साथै सबै धर्म एउटै हो मान्ने र मानाउने तरीका मात्र फरक हो भन्ने बिषयमा धार्मिक सदभाव सम्बन्धि जनचेतनामुलक तथा सामुदायिक साझेदारी कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न आवश्यक निर्देशन दिनु भएकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083