प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलद्वारा जिल्ला प्रहरी कार्यलय सिरहाको निरीक्षण
वि.सं.२०८० फागुन ३० बुधवार १८:१९
4.91K
shares
shares

सिरहा । मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलले जिल्ला प्रहरी कार्यलय सिरहाको निरीक्षण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा सिरहा जिल्लाको समग्र बस्तुस्थिती तथा शान्ति सुरक्षाको बारेमा जानकारी लिनु भएकाे थियाे ।

साथै कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारी तथा मातहत प्रहरी कार्यालय प्रमुखहरु समेतलाई जिल्लाको शान्ति सुरक्षा तथा अमन चयन बारेमा आवश्यक निर्देशन दिनु भएकाे थियाे ।

उक्त कार्यक्रममा कार्यलय प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्य , प्रहरी नायब उपरीक्षक रबिन्द्र राज पाण्डे , निरीक्षक जुनियर /सिनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेकाे थियाे ।































