पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए

2.47K
shares

९ माघ,काठमाडौं। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

उनीकाअनुसार, आगामी दिनमा देशले आवश्यक ठानेका व्यक्तिहरूलाई सहयोग गर्ने र जनताको सेवामा निरन्तर सक्रिय रहिरहने प्रतिबद्धता जनाएका छन्। बाबुरामले विभिन्न राजनीतिक व्यक्तित्व र दलको सल्लाह र आग्रहका आधारमा यो निर्णय लिएको बताए।

“देशको हालको राजनीतिक अवस्था तरल छ र यसलाई स्थिर बनाउने काम सबैको साझा प्रयासमा सम्भव छ। म बाहिरै रहेर दलहरूलाई अभिभावकीय रूपमा सहयोग गर्ने स्थिति राम्रो हुन्छ भन्ने निर्णयमा पुगेको छु,” उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बाबुरामलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो। यससँगै रास्वपाले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई गोरखा–२ बाट चुनावी मैदानमा उतारेको छ। बुर्लाकोटी यसअघि पनि यही क्षेत्रमा प्रतिस्पर्धा गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरिसकेका छन्।

स्रोतका अनुसार, प्रचण्डले पनि बाबुरामलाई व्यक्तिगत रूपमा फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083