जनार्दनलाई जिताउन एमाले–प्रलोपाबीच चुनावी तालमेल

2.29K
shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०बीच चुनावी तालमेलको सहमति भएको छ ।

आइतबार दुवै दलबीच भएको सहमतिअनुसार एमालेले प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र सन्दीप पुनलाई चुनावमा समर्थन गर्नेछ ।

सहमतिअनुसार पश्चिम रुकुमबाट उम्मेदवार रहेका जनार्दन शर्मा र पूर्वी रुकुमबाट उम्मेदवार रहेका सन्दीप पुनको पक्षमा एमालेले आँखा चिह्नमा मतदान गर्नेछ ।

यस्तै, कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्ला तथा तत्कालीन राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारको पक्षमा प्रगतिशील लोकतान्त्रिक पार्टीले सूर्य चिह्नमा मतदान गर्ने सहमति भएको छ ।

सहमति पत्रमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन् ।

दुवै पार्टीले उक्त सहमति कार्यान्वयन गर्न आ–आफ्ना पार्टी पंक्तिलाई अविलम्ब निर्देशन दिने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083