आईजीपी दान कार्कीको प्रमुख आतिथ्यमा लागूऔषध विरुद्दको महाअभियानको शुभारम्भ

429
shares

माेरङ। जिल्ला प्रहरी कार्यालय मोरङले लागू औषध विरुद्दको महाअभियान (Mega Campaign Against Narcotics- Mega CAN ) २०८३ कार्यक्रमको शुभारम्भ गरेको छ ।

जेठ १० गते बिहान लागूऔषध विरुद्दको महाअभियानमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्धेश्यका साथ लागूऔषध विरुद्दको सचेतना मुलक प्ले कार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, बिभिन्न संघ संस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा बर्ग सहितको प्रभातफेरी कार्यक्रमको प्रतिनिधि सभाका माननीय सांसद आशा झाले रिवन काटी शुभारम्भ भएको प्रभातफेरी जलजला चोक, गोल्छामोड हुँदै रंगशालामा पुगी पहिलो चरणको कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम दोश्रो चरणमा विराटनगर महानगरपालिका-४ स्थित होटल मनास्लु इनमा कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर बिधिवतरुपमा लागूऔषध विरुद्दको महाअभियान कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागू औषध विरुद्द सचेतनामुलक सांगितिक प्रस्तुतिहरुका साथै पूर्व लागू औषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव सहितको बृतचित्र प्रस्तुत गरी लागूऔषध बिरुद्ध सवैले आ-आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाई लागू औषध मुक्त समाज निर्माण गर्न आह्वान गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083