शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित premier collage
विद्यार्थीहरुको पहिलो रोजाइ बन्दै प्रिमियर
वि.सं.२०८३ जेठ २५ सोमवार २३:१३
shares

काठमाडौं । गुणस्तरीय, व्यवहारिक तथा विद्यार्थीमैत्री शिक्षा प्रदान गर्दै आएको प्रिमियर कलेज (Premier Collage) राजधानीका अन्य शैक्षिक संस्थामध्ये एक उत्कृष्ट शैक्षिक संस्थाकाे रूपमा स्थापित हुँदै गएको छ। काठमाडौंको शान्तिनगर–आलोकनगरमा अवस्थित कलेजले हजारौं विद्यार्थीको शैक्षिक भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी सीप, अनुशासन, नेतृत्व क्षमता तथा व्यवहारिक ज्ञानसँग जोडेर अध्यापन गराउँदै आएको कलेजमा +२ तह अन्तर्गत साइन्स, म्यानेजमेन्ट तथा ह्युम्यानिटिज संकायका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। अनुभवी तथा दक्ष शिक्षक टोली, आधुनिक शिक्षण पद्धति र विद्यार्थीकेन्द्रित सिकाइ वातावरणका कारण कलेजले विद्यार्थी र अभिभावकहरूको उच्च विश्वास जित्न सफल भएको छ।
कलेजका अध्यक्ष अरुण कुमार चौधरी तथा कार्यकारी निर्देशक विष्णुहरि पाण्डेको दूरदर्शी नेतृत्व र समर्पित व्यवस्थापन टोलीको प्रतिबद्धताले संस्थालाई शैक्षिक उत्कृष्टताको नयाँ उचाइतर्फ अग्रसर गराएको बताइन्छ। कलेजले शैक्षिक उपलब्धिसँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा अतिरिक्त क्रियाकलापलाई समेत विशेष प्राथमिकता दिँदै आएको जनाएको छ।
विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर सञ्चालन हुँदै आएको कलेजले शैक्षिक, सामाजिक तथा सिर्जनात्मक क्षेत्रमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ। यही कारण प्रिमियर कलेज आज गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको छ।
कलेज प्रशासनका अनुसार नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको छ। उत्कृष्ट नतिजा, अनुशासित वातावरण, दक्ष शिक्षक र आधुनिक शिक्षण प्रणालीको संयोजनले प्रिमियर कलेजलाई राजधानीको एक भरोसायोग्य शैक्षिक गन्तव्यका रूपमा स्थापित गरेको छ। भविष्यमा पनि शैक्षिक उत्कृष्टताको यात्रालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता कलेजले व्यक्त गरेको छ।
































