एआईजी सुशील सिंह राठौरद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको पदभार ग्रहण

एआईजी सुशील सिंह राठौरले सम्हाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व

1.55K
shares

काठमाडौं। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौर ले काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको रूपमा पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हाल्नुभएको छ।

नेपाल सरकारको बिहीबारको सरुवा निर्णयअनुसार अपराध अनुसन्धान विभागबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भई आउनुभएका एआईजी राठौरले उपत्यकाको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी सम्हाल्नुभएको हो।

यस अघि काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व सम्हाल्दै आउनुभएका एआईजी ईश्वर कार्की प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागमा सरुवा हुनुभएको छ।
सरकारले बिहीबार देशभर कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार एआईजी सुशील सिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्वको जिम्मेवारी प्रदान गरिएको हो।

नवनियुक्त एआईजी राठौरको नेतृत्वमा काठमाडौं उपत्यकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा नागरिकमैत्री प्रहरी सेवामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083