एआईजी सुशील सिंह राठौरद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण
काठमाडौं जिल्ला प्रहरी परिसरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
वि.सं.२०८३ साउन १० आइतवार १५:५२
shares

काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूद्वारा जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ।
निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले परिसरअन्तर्गतका विभिन्न शाखा, नागरिकलाई प्रदान गरिने सेवा प्रवाह, मुद्दा अनुसन्धानको अवस्था, अभिलेख व्यवस्थापन, हिरासत व्यवस्थापन, सुरक्षा व्यवस्था तथा कार्यालयको समग्र कार्यसम्पादनको स्थलगत अवलोकन गर्नुभएको थियो।
उहाँले निरीक्षणका क्रममा प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री बनाउन निर्देशन दिँदै अनुसन्धान कार्यलाई गुणस्तरीय, समयमै सम्पन्न हुने तथा कानुनी प्रक्रियाको पूर्ण पालना हुने गरी कार्य गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो।
उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, विभिन्न प्रहरी वृत्तका प्रमुखहरू, प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।


















