नेकपा स्थायी कमिटीको अर्काे बैठक २८ गते

5.98K
shares

आन्तरिक विवादका विषयमा छलफल गर्न आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही मङ्सिर २८ गतेसम्मका लागि स्थगन भएको छ ।

स्थायी कमिटीको बैठकका कारण पूर्वनिर्धारित यही मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सो पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा शुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभई पार्टीलाई विभाजनका डिलमा पु¥याउने तयारीसहित बैठक राखिएकाले आफू बैठकमा सहभागी नभएको लिखितपत्र पठाउनुभएको थियो ।

बैठकमा अध्यक्ष ओलीको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । शीर्ष नेताबीच अनौपचारिक छलफल गरेर सहमति खोज्ने प्रयास पनि जारी रहेको जनाइएको छ ।

शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो ।

यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित प्रस्ताव पत्रका सम्बन्धमा शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083