‘केपी ओलीको पतन शुरु भयो’ : झलनाथ खनाल
वि.सं.२०७७ पुस १० शुक्रवार १६:११
7.75K
shares
shares

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली गोमन साँप जस्तै रहेको बताएका छन् । एमालेको आठौँ माहाधिवेशनमा आफू हारेपछि ओलीले प्रतिशोध, इगो र इख पालेको भन्दै त्यसै कारण नेताहरुमाथि रिसइवी देखाउने गरेको बताए ।
‘तेस्रो केन्द्रीय समिति बैठकले माधव नेपाललाई अध्यक्ष बनाएको छ । अध्यक्ष भन्दा माथि कोही नेता हुँदैन’, उनले दुवै अध्यक्ष प्रचण्ड र नेपाल बरावरी हैसियतामा रहेको पनि बताए । अध्यक्षकै जसरी महासचिव पनि छानिने खनालले बताए ।
नेता खनालले यस अघिको नेकपामा केपी ओलीले जवरजस्त एक नम्बर घोषणा गरेको भन्दै आउने महाधिवेशनसम्म २ अध्यक्ष रहने र महाधिवेसन पछि एउटै अध्यक्ष बन्ने जानकारी दिए ।






























