बिध्यालयको काम छोडेर मुद्दा मामिलामा जादैं शिक्षक इन्द्रबहादुर विक

7.01K
shares

कालिगण्डकी प्रसारण करिडोरको कामगर्ने शिलसिलामा पर्वत जिल्ला जलजला गाउँपालिका वडा नम्बर २,३,४ बाट काम गर्ने विभिन्न समान हराएपछि कालिगण्डकी प्रसारण करिडोरले लिखित निवेदन दिए प्रश्चात मिति २०७६,फागुन १८ गते पर्वत जिल्ला जलजला गाउँपालिका वडा २ बस्ने इन्द्रबहादुर बिककी बर्ष ५० कि देबी विश्वकर्माको घरमा ५० मिटर रसी फेला परेको थियो ।

त्यस प्रस्ताव पर्वत बेनी प्रहरी चौकीमा ल्याई स्थानीय भदभलादमी नेताहरूको रोहबरमा छफलफ गर्दा गराउदा यस्ता प्रकारका गतिबिधीहरू पुन नदोहोरने गरी कालिगण्डकी प्रसारण करिडाेरको काममा बाधा नपुर्याइ सहयोग गर्ने बाचा कवुल भएको थियो ।

सोही करीडोरको इन्चार्ज केदार रेग्मीले सामाग्रीहरू हराएपछि पर्वत बेनी प्रहरीचौकीमा उजुरी गरेपछि त्यहाँका प्रहरीहरू छापा मार्न जाँदाखेरी पर्वत जिल्ला जलजला गाउँपालिका वडा २ बस्ने शिक्षक इन्द्रबहादुर बिकको घरमा फेला परेको पुष्टी भएको हो ।

उक्त सामान फेलापरेपछि पर्वत बेनी प्रहरी चौकीमा कालिगण्डकी प्रसारण करीडोरका इन्चार्ज केदार रेग्मी, थमन छन्त्याल, चन्दबहादुरी जिशी, जगदिश लामेछाने, नहलसिंह कार्कीलगायत अन्यको रोहबरमा शिक्षक इन्द्रबहादुर बिकको श्रीमती देबी विश्वकर्मा र उनकै छोरा बर्ष २९ को बिशाल बिकलाई पर्वत बेनी प्रहरी चौकीमा बोलाई छलफल गरी सहिछाप गराएको प्रमाण फेला परेको छ ।

इन्द्रबहादुर बिक हाल जलजला गाउँपालिका मल्लाज पर्वतस्थित श्री समाज कल्याण प्राथामिक बिध्यालयमा शिक्षकको रूपमा कार्यरत छन् ।

उनि यस बिध्यालयमा आएको केहि महिनामै कालिगण्डकी प्रसारण करिडोरको रसी अथवा विद्युतको हाइटेसन लाइनको तार शिक्षक इन्द्रबदादुर बिककै घरबाटै पर्वत बेनि प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले बराद गरेपछि सो बिध्यालयको नाममा दाग लाग्ने जस्तो क्रियाकलाप भएपछि त्यहाँ स्थानीयवासी र सुभचिन्तकहरू चिन्तित देखिएका छन् ।

यस बिधालय आउनु पुर्व शिक्षक ईन्द्रबहादुर बिक म्याग्दीस्थित अन्नपुर्ण गाँउपालिका, महभिर, राम्चेको श्री चन्द्र आधारभुत बिधालयमा अध्यापन गर्ने गर्दथे ।

यस बिधालयमा अध्यापन गराउर्दा नाम नखुलाउने सर्तमा एक शिक्षिकासँग यौन सम्पर्क राख्दथे । दिनभर बिधालयमा शिक्षिकालाई मितिनी भन्ने रातपछि सुतिनी जस्तो उनको चरित्र थियो ।

त्यस बिधालयमा स्कुलको कामले बेनी हिडेको भन्ने तर आफ्नो स्वार्थले बेनि जाने, बिध्यालयमा हाजिर गरेर अन्तै जाने जस्ता क्रियाकलाप गर्थे ।

शिक्षक बिककाे परिवारलाई जलजला गाउँपालिकामा झगडालु परिवार भनेर चिन्ने गर्दछन् । किन की  गाउँमा बाटाे खन्दा हाेस् या अन्य काम कार्यमा बाधा पुर्याउने, हसिया तथा खुकुरी जन्य हातहतियारहरू झाेलामा लुकाएर  अरूलाई धम्किदिदै हिड्ने गरेकाे खुलासा भएकाे छ ।

त्यसैगरी  श्री समाज कल्याण प्राथामिक बिध्यालयलाई रू. ३०,०००। (तीस हजार ) बराबरकाे शैक्षिकसामाग्री सहयाेग गर्ने सर्तमा सरूवा गराएकाे कुरा खुल्न आएको छ ।

हाल शिक्षक इन्द्रबहादुर र दुई छाेराहरू बिकाश र बिशाल बिक मिलेर गाउँमा स्थानीयवासीहरू धम्कि दिदै हिड्ने गर्दछन् । साथै यिनिहरू सँग स्थानीयववासीहरू नै त्रसित छन् । तर यिनिहरूलाइ कसैले पनि  नियन्त्रणमा ल्याउन सकेकाे छैन । यस्ता शिक्षकले पढाएका बिध्यार्थीले कस्ताे शिक्षा पाउलान त ?

शिक्षक इन्द्रबहादुर बिक अहिले पर्वत, बाग्लुङ, म्याग्दी जिल्लामा आफ्नो बिध्यालयको काम छोडेर अनेक मुद्धा मामिलामा धाइरहेका छन् । यस प्रति बिध्यालय परिवार माैन रहेकाे कुरा स्थानियवासीहरूले गुनासाे गरेका छन् ।

बिध्यालयको काम छोडेर अनेक मुद्धा मामिलामा जान पाउने अधिकार कसले दियो ? यस प्रति सम्वन्धित निकायको छिटै ध्यानाकार्षण होस् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083