लिम्पियाधुरा, लिपुलेकसहित सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने

काठमाडौं । सरकारले सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ ।
सत्ता गठबन्धनको साझा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी वृद्धि गर्ने बताइन् ।
“लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कुटनीतिक माध्यमबाट समाधान गर्ने,” उनले भनिन्, “सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी ९बीओपी० वृद्धि गर्ने ।”
देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र जनताको जिउधनको रक्षाको पूर्ण प्रत्याभूति हुने गरी राष्ट्रिय सुरक्षा नीतिलाई आवश्यक परिमार्जन गरी कार्यान्वयन गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
२३ चैत २०७९, बिहीवार १९:०५ बजे प्रकाशित