पर्यटन व्यवसायमा महिलाको भूमिकामा जोड

11.22K
shares

चिप्लेढुङ्गा ।  नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले महिलामा व्यवस्थापकीय क्षमता बढी हुने भएकाले व्यवसायमा महिलाको सहभागिता महत्वपूर्ण हुने बताएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा महिला पर्यटन व्यवसायी मञ्च ओटेफले आज पोखरामा आयोजना गरेको पर्यटन व्यवसायमा महिलाको भूमिका एवं सीप विकास तालीममा उनले महिलामा व्यवस्थापकीय क्षमताभन्दा बढी हुने भएकाले व्यवसायमा तिनको सहभागिता बढाउन जरुरी रहेको धारणा राखिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पोखराको पर्यटन विकासमा महिलाको योगदान निकै महत्वपूर्ण रहेको बताए । दुई दिनसम्म चल्ने तालीममा प्रमुख प्रशिक्षक स्कुल अफ ह्याप्पिनेसका संस्थापक हरि सिटौलाले महिलाको कार्यक्षमताको अवस्था र त्यसको प्रयोग सीप वैज्ञानिक अवस्थाका बारेमा प्रशिक्षण दिएको छन् ।

‘आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला’ भन्ने नाराका साथ स्थापित ओटेफले आफ्नो सदस्यको व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालीम आयोजना गरेको संस्थाका अध्यक्ष जमुना पराजुलीले जानकारी दिए । तालीममा ७० महिला पर्यटन व्यवसायीको सहभागिता थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083