टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु

Nepal Life Insurance Long Ad

विराटनगर। 

विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताउनुभयो । घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । दुर्घटना गर्ने टिपर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी : अति व्यस्त रहने महोत्तरी–धनुषालाई जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा टिपरले ठक्कर दिएको मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

मङ्गलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ बीआर३०एक्स ७७०२ नंको मोटरसाइकलमा आउँदै गर्दा जनकपुरतर्फ जाँदै गरेको ना१क ५८२६ नंको टिपरले ठक्कर दिँदा घाइते भएका महोत्तरीको सम्सी गाउँपालिका–५ का ३५ वर्षीय कालीचरण यादवको जलेश्वर अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । यादवको कम्मरमुनिको भाग क्षतविक्षत भएको थियो ।

सो सडकको महोत्तरीमा पर्ने पिपरा गाउँपालिका–४ मा मङ्गलबार साँझ ६ बजेतिर भएको दुर्घटनालगत्तै यादवलाई उपचारका लागि जलेश्वर अस्पताल पु¥याइएको थियो ।

अस्पतालमा सघन उपचारकै क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

२०८१ पुस १८ बिहीवार

काठमाडौ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले पदभार...

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस १६ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा ४२...