राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ

Nepal Life Insurance Long Ad

काठमाडौँ ।

सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का १६ र राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०का दुई सदस्य हुनुहुन्छ ।

शपथ लिनु हुनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल हुनुहुन्छ ।

नवनिर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिनुभएको छ । समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई सांसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापनसमेत गर्नुभयो ।

संविधान र ऐन उपलब्ध

सो अवसरमा सङ्घीय संसद् सचिवालयले उहाँहरुलाई संविधान र कानूनसहितको झोला उपलब्ध गराएको थियो । राष्ट्रियसभा सदस्यका लागि गत माघ ९ गते भएको निर्वाचनबाट सात महिला, दुई दलित, दुई अपाङ्गता भएका वा अल्पसङ्ख्यक र सात अन्य समूहबाट निर्वाचित हुनुभएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक एक सदस्यको भने मनोनीत गर्न बाँकी नै रहेको छ । पहिलो पटक गोलाप्रथाद्वारा दुई वर्षे कार्यकाल प्राप्त गर्नुभएका १८ सदस्यको मङ्गलबार बिदाइ गरिएको थियो ।

स्थायी सदनका रुपमा रहेको सङ्घीय संसद्, राष्ट्रियसभा ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ । शपथग्रहण समारोहमा राष्ट्रियसभाका उपाध्यक्ष, राष्ट्रियसभामा संसदीय दलका नेता, मुख्य सचेतक, सचेतक, सदस्य, भर्खरै कार्यकाल समाप्त गरेको पूर्वसांसद र नवनिर्वाचित सदस्यका आफन्तजनको सहभागिता रहेको थियो ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

२०८१ पुस १८ बिहीवार

काठमाडौ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले पदभार...

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस १६ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा ४२...