कोरोनाविरुद्धको अभियानमा एकजुट होऔँ : राष्ट्रपति

8.48K
shares

काठमाडौँ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन आग्रह गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीको ट्विटमा भनिएको छ, “विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपाय अवलम्बन गरौँ, यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔँ ।”


divya collage
unigloble collage